विश्व नक्साहरुमा आफ्नो देशलाई छुटाएको भन्दै न्यूजिल्याण्डवासीले शुरु गरे यस्तो अभियान | Tulsiram Bhandari - Tulsiram Bhandari | Information in Nepali Blog

Breaking

Post Top Ad

Responsive Ads Here

Saturday, May 5, 2018

विश्व नक्साहरुमा आफ्नो देशलाई छुटाएको भन्दै न्यूजिल्याण्डवासीले शुरु गरे यस्तो अभियान | Tulsiram Bhandari

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरर्डन न्यू–जील्याण्डबासीले शुरु गरेको एक अनलाइन अभियानमा जोडिएकी छिन् । सुदुर दक्षिणी प्रशान्त क्षेत्रमा रहेको आफ्नो देश विश्व नक्साहरुमा बारम्बार छुटेपछि दिक्क भएर न्यूजिल्याण्डबासीहरु यो अभियान शुरु गरेका हुन् ।

‘टुरिजम न्यूजिल्याण्ड’ले जारी गरेको एक भिडियोमा कमेडियन रिज डरबीले इकिया, स्टारबक र न्यूयोर्कको सेन्ट्रल पार्क चिडियाखानामा भएको विश्व नक्साहरुमा न्यूजिल्याण्ड नभएको तथ्यमा प्रकाश पारेका छन । यसलाई उनले न्यू जील्याण्डको लोकप्रियता कम गर्ने ठूलो षडयन्त्र अन्तर्गत भएको भनेर ठट्टा गरे ।
“अष्ट्रेलिया हाम्रो टुरिष्ट तान्न चाहन्छ । बेलायत आफ्ना सबै वाइन उद्योग पन्छाउन चाहन्छ । उनीहरु हाम्रो वाइनलाई जित्न सक्दैनन्,” उनले भने ।
“अनी थुक्क धुर्त फ्रेन्चहरु !” विश्व वाइन नक्सामा न्यूजिल्याण्डको कुनै उल्लेख नभएप्रति फ्रान्सेलीको षड्यन्त्र भन्दै उनले ब्यङ्ग्य गरे ।
यो ‘षडयन्त्र सिद्धान्त’बारे अबगत भएपछि आरडेनले प्रतिक्रिया दिइन्, “तपाईहरुले यसबारेमा ख्याल गर्नु भएछ ।”
सरकारको आधिकारिक वेबसाइट पनि यो अभियानमा सहभागी भएको छ । उसको होमपेजमा न्यूजिल्याण्ड नभएको विश्वको नक्सा छेउमा ४०४ इरार पेज देखाउदै “हामी माफी चाहन्छौँ, केही छुटिरहेको छ ।” लेखिएको सन्देश छ ।
http://worldmapswithout.nz/ नामक एक वेबसाइड र #गेटएनजेडअनदम्याप ह्यासट्यागमार्फत हाल यो अभियानले गति लिएको छ । यसबारेमा न्यूजील्याण्डमा व्यापक रुपमा अनलाइन बहस शुरु भएको छ ।
वेबसाइटमा न्यूजील्याण्ड समावेश नभएको अन्य कयैन विश्व नक्साहरुहरुको सूची राखिएको छ । यसमा प्योङ्गयाङ्ग अन्तराष्ट्रिय विमानस्थलमा रहेको समय देखाउने विश्व नक्सामा न्यूजिल्याण्ड हुनु पर्ने ठाँउमा सिड्नीको समय देखाउने पहेलो घडी राखिएको पनि उल्लेख छ ।
त्यसको तल रहेको क्याप्सनमा भनिएको छ : “ खुसीको कुरा त्यहाँको रकेट प्रहार केन्द्रमा पनि यही नक्सा छ ।”
ट्युरिजम न्यूजिल्याण्डका प्रमुख कार्यकारी स्टेफन इङ्गल्याण्ड–हलले यो अभियान न्यूजिल्याण्डलाई पर्यटन गन्तव्यको रुपमा प्रचार गर्न ठट्यौली शैलीमा शुरु गरिएको बताए ।
“न्यूजिल्याण्ड किन विश्व नक्सामा छुट्नु बुझ्न सकिरहेको छैन । न्यू–जील्याण्ड देश संयुक्त अधिराज्यभन्दा ठूलो छ । हामी जापान र जर्मनीको दूई तिहाईभन्दा बढी छौँ । हाम्रो देशमा सिङ्गापुरभन्दा ठूलो एक ताल, युरोपेली आल्पभन्दा ठूलो हिमाली श्रृङ्खला र क्यालिफोर्नियाको भन्दा धेरै समुन्द्री तटहरु छन् ।” ( Copyfrom Ratopati.com )

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here